प्रधानमन्त्री केपीप्रति गगनको उग्र आक्रोशः बिँड मात्रै तातेर नहुने रहेछ, ताप्के नै तात्नु पर्ने रहेछ
काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको स्वीकार गरेका छन् ।
सरकारले गठन गरेको राजनीतिक संयन्त्रले भनेको कुरा सरकारले टेर्ने नगरेको उनको आशय थियो ।
काठमाडौंमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महाममन्त्री थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्याउने हो । केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिंड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ ।’
एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफूले सधैं प्रश्न गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्