अछामको जयगढ बजारमा आगलागीमा हुँदा २७ वटा घर जलेर नष्ट

काठमााडौं, २७ चैत । गर्मी र तापक्रम बढेसँगै देश भर आगालागीर डढेलो लागेको छ । यस्तै अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् ।

आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो ।

जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्