बल्खुको सभामा राप्रपा नेतृ कुन्तिको गर्जन राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं, याद गर सरकार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् ।

आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन् ।

‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं,’ उनले भनिन्, ‘खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’

उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन् ।

‘आजै तिमिहरू भागिहाल नत्र घरबाट थुतेर राष्ट्रवादी साथिहरूले कुट्नेछन्,’ पोखरेलले भनिन्, ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।’

उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् ।

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्