एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं,२६ चैत । एनआईसी एसिया बैंकले संस्थापक समूहको शेयर आजदेखि लिलामीमा ल्याएको छ ।
बैंकको संस्थापक समूहको ७ लाख १४ हजार ९५० कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि कबोल गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको बालुवाटरस्थित एनएमबि क्यापिटलमा पेस गर्न सकिनेछ ।
यस लिलामी सेयरमा बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख ९ गते दिउँसो ३ बजेसम्म तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्