समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं,२६ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । यस संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका ल्याएको हो ।

हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

संस्थाले तोकिएको समयसिमा भित्र संस्थापक शेयरधनीबाट यस शेयरका खरिदका लागि आवेदन प्राप्त नभएमा पुनः सर्वसाधारणलाई बिक्री गरिने प्रकाशित सूचनामा छ ।

 

प्रतिक्रिया दिनुहोस्