मातृभूमि लघुवित्तले बोलायो वार्षिक साधारण सभा, एफपीओ जारी गर्ने

काठमाडौं,२६ चैत । मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ । सभा, अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बिहान ११ बिहान बजे सुरु हुनेछ । कम्पनीले लाभांशबिनै सभा डाकेको हो ।

सभामा थप सार्वजनिक निष्कासन  गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ । चैत २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्