अमेरिकाको मध्यपूर्वी क्षेत्रमा भीषण आँधीबेहरी, २० जनाको मृत्यु, १ लाखभन्दा बढी ग्राहक विद्युत्‌विहीन

काठमाडौं, २४ चैत । अमेरिकाको मध्यपूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

अर्कान्सासदेखि ओहायोसम्म फैलिएको भीषण आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको छ भने दर्जनौँ चक्रवात् उत्पन्न भएका छन्।

अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्‌विहीन रहेको ट्र्याकिङ वेबसाइट पावर आउटेज डट कमले जनाएको छ।

वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्