राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको पनि सहभागिता रहने

काठमाडौं, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते प्रदर्शन गर्दै छ । प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ ।

समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।

गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् ।

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नवीन समझदारीका लागि भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको छ ।

समितिले राजावादी समूह जोकोहीले गर्ने आन्दोलनमा साथ दिने बताउँदै आएको छ भने राप्रपाले पनि सोही नीति लिएको छ । यसले गर्दा राजावादीको साथ पाएपश्चात सबै प्रदर्शनमा बलियाृ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्