आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं,२४ चैत । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज चैत २४ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा रहेको छ भने खरिददर १५० रुपैयाँ ३९ पैसा रहेको छ ।
बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा खरिददर १७६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४३ पैसा र खरिददर ९ रुपैयाँ ३९ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ९६ रुपैयाँ २२ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्