नेपाल बार एसोसिएसनको मतदान भएको सम्पन्न

काठमाडौ, २४ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको सम्पन्न भएको छ नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । बारको २७ औँ केन्द्रीय कार्यसमितिको चयनको लागि यो निर्वाचन भएको हो । बिहानदेखि सुरु भएको मतदान केहीबेरअघि साँझ ५ बजे सकिएको हो ।

काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।

मतदान सकिएपछि शनिवार बलुकीदेखि नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

कुल २५ पदका लागि ५७ जना उम्मेद्वार मैदानमा छन् । ।

प्रतिक्रिया दिनुहोस्