यूनाइटेड अजोडको ३३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं,२२ चैत । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ३३ हजार १३७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यस संस्थापक शेयरको न्यूनतम् मूल्य २७५ रुपैयाँ रहेको छ ।
यो शेयर कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । इच्छुक सस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्