सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं,२१ चैत । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १ लाख २ हजार ५७४ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

यस संस्थापक सेयर खरिदका लागि आजको मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्