नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको शेयर प्रत्याभूति सम्झौता

काठमाडौं,२१ चैत । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा कोषका नि।कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् ।

सभापोखरी हाइड्रोले प्रति शेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता प्रति कित्ता १०० रुपैयाँका दरको १० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने सम्बन्धमा कोषले उक्त शेयरको प्रत्याभूति गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्