नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित ५ जना निलम्बित
काठमाडौं,२१ चैत । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आईएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल सहित पाँच जनालाई निलम्बन गरेको छ ।
अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आईएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपाल सहित मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, विनोद कुमार बस्नेत, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।
आईएफआरसीले उनीहरू लाई संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरुको पालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक अनियमिता गरेकोलगायत कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्