सरकारद्वारा तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने निर्णय
काठमाडौं, २० चैत । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०।१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।
उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।
महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो ।
सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको आज दाहसंस्कार हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्