छिमेक लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं,२० चैत । छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४०० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बुधबार आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्