रवीन्द्र मिश्र र धवलशमशेर राणालाई भेट्न दोस्रोपटक हिरासत पुगे राजेन्द्र लिङ्देन
काठमाडौं,१९ चैत । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणासँग अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रोपटक भेटेका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले शनिबार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका थिए ।
लिङ्देन मंगलबार पुनः उनीहरूलाई भेट्न जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार मंगलबार दिउँसो ३ बजेतिर लिङ्देन धवल र रवीन्द्रलाई भेट्न पुगेका थिए ।
लिङ्देनले उनीहरूलाई हिरासत कक्षमै पुगेर भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्