रोनाल्डोले आउने दिनमा धेरै गोल गर्नेछन्ः कासिमेरो

एजेन्सी । रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगामा यो सिजन खासै प्रभाव जमाउन सकेका छैनन् । यद्दपी टोलीका मिडफिल्डर कासिमेरो भने रोनाल्डोले आउने दिनमा गोल गर्नेमा विश्वस्त छन् । उनले रोनाल्डोको समर्थनमा भने,‘ आउने दिनमा हामीले उनले गोल गरेको देख्न पाउने छौ, यसमा चिन्तित हुनु पर्ने केही कारण छैन ।’

रोनाल्डोले यो सिजन ला लिगाका ७ खेलमा १ गोलमात्र गरेका छन् । गए राति लास पामासलाई रियलले ३–० ले हराउँदा रोनाल्डोले गोल गरेनन् । यद्दपी उनले एउटा एसिस्ट भने गरेका थिए । त्योसँगै उनले क्लबका लागि सर्वाधिक ८४ एसिस्ट गरेका छन् । ‘ उनी जहिले गोल गर्ने प्रयासमा हुन्छन् । उनले मेरो लागि पनि मौका सृजना गर्नका लागि सधै तयार रहन्छन्,’ ।

प्रतिक्रिया दिनुहोस्