थाइल्याण्ड प्रस्थान गर्दै प्रधानमन्त्री ओली
१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन बैंकक प्रस्थान गरेका छन् ।
थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले बिदाई गरे । त्यस्तै नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्