सांसद दीपक बोहराको निधन
१९ चैत, काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पताल चावहिलमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए ।
लामो समयदेखि राजनीतिमा सक्रिय बोहरा हाल रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए ।
पछिल्लो समय भने उनलाई पेटमा पनि समस्या देखिएको थियो । त्यही समस्याका कारण उनी ओम अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा त्यहीँ निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्