प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने

काठमाडौं,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान गर्ने ।

प्रधानमन्त्री बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि थाइल्याण्ड जान लागेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीसहित आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ ।

नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुई वटा समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को सचिवालयले जनाएको छ ।

बिमस्टेक शिखर सम्मेलन समापन पछि प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्