गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं,१९ चैत । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्