राजावादीको तीनकुनेमा भएको प्रदर्शनमा एक जना पत्रकार सहित अर्का एकको पनि मृत्यु
काठमाडौं, १५ चैत । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।
अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।
त्यस्तै राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको साँझ गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्