प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काठमाडौं, १५ चैत। प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएकाप्रसाईंले नेतृत्व गरेको र आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । नेपाल प्रहरीका एक उच्च अधिकृतले प्रसाईंको खोजी भइरहेको पुष्टि गरेका छन् ।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

शुक्रबार दिउँसो उनी आफैं गाडी चलाउँदै बीएबी ४२०८ नम्बरको गाडीमा उनी अघि बढेका थिए । त्यसक्रममा उनी ‘आओ(आओ’ भन्दै उनी गाडी चलाउँदै अघि बढेको भिडियोहरुमा समेत देखिन्छ ।

केही पर भने निषेधित क्षेत्रमा ठूलो संख्यामा प्रहरी उभिएका थिए । उग्र गाली गर्दै गाडी चलाउँदै अघि बढेका प्रसाईंले सुरक्षाकर्मीलाईसमेत अश्लिल गाली गरेका थिए । प्रहरीले उनको गाडी रोख्न खोजेको थियो । तर उनी भने प्रहरीलाई नै पेल्दै अघि बढेका थिए ।

निषेधित क्षेत्र तोडेर अघि बढेका प्रसाईंकै कारण राजावादीको आन्दोलन निकै उग्र बनेको थियो । पहिलो घेरामा रहेको प्रहरीको घेरा तोडेपछि सुरक्षाकर्मी भने डराउँदै उनलाई बाटो दृष्यमा देखिन्छ ।

सोही क्रममा अवस्था तनावग्रस्त बन्दै गयो । ठाउँ ठाउँमा तोडफोड र आगजनी समेत भयो । यसले समाजलाई भड्काउ र अराजकता पैदा भएको छ । तिनकुने वरपरको क्षेत्रहरुमा राती १० बजे सम्मको लागि कफ्य् लागेको छ ।

प्रतिक्रिया दिनुहोस्