सेन्ट्रल फाइनान्सले शेयरधनीलाई लाभांश नदिने
काठमाडौं,१४ चैत । सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्ष वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लेखापरीक्षकबाट प्राप्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरिने फाइनान्सले जनाएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदनका लागि पेस गरिने छ ।
प्रतिक्रिया दिनुहोस्