ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं,१४ चैत । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बिहीबार अन्तिम दिन हो । लाभांश तथा सभा प्रयोजनका लागि यस बैंकले चैत १५ गते बुक क्लोज हुनेछ । आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले चैत २७ गते साधारण सभा बस्ने भएको छ । सभा होटल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
त्यस्तै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १ः१.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यद्यपि, यो हकप्रद प्रस्ताव कार्यान्वयनका लागि केन्द्रीय बैंकले अनुमति दिनुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्