नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक सुरू
काठमाडौं,१३ चैत । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो । बैठकमा समाजवादी मोर्चामा सहभागी दलहरू सहभागी छन्। । यो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
राजावादी शक्तिहरूले व्यवस्था विरोधी गतिविधि गर्न थालेपछि त्यसको प्रतिवादका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत मोर्चामा आवद्ध दलहरूले चैत्र १५ गते प्रदर्शन आह्वान गरेका छन्। । त्यसैको तयारीबारे बैठकमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले सदन र सडकमा विरोध जनाएका छन्। । विपक्षी दलहरूले अवरोध गर्दा आज प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका बैठक स्थगित भएका छन्। । मोर्चाको बैठक यिनै विषयवस्तुमा केन्द्रित हुने जनाइएको छ ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी,नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आवद्ध छन्। ।
प्रतिक्रिया दिनुहोस्