गैरकानुनी रुपमा आफुलाई पदमुक्त गरिएको भन्दै कुलमान गए सर्वोच्च

काठमाडौं, १३ चैत । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।

कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिटनिवेदनमा जिकिर गरेका छन् ।

उनका प्रतिनिधिले पेश गरेको निवेदन करिव ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ ।

प्रतिक्रिया दिनुहोस्