राष्ट्रिय सभा बैठक कुलमानलाई हटाएको विरोधमा अवरुद्ध

काठमाडौं, १३ चैत। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।

अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्