इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी, केही मानिस फसे

विराटनगर, काठमाडौं, १३ चैत। सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । सो आगालागीमा केही मानिस फसेका छन् ।

प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका स्रोतले जनाएको छ ।

स्थानीयका अनुसार आगलागी भइरहेको भवन सात तला अग्लो हरेको छ । माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार माथिल्लो तलामा कति संख्यामा मानिसहरु छन् भन्ने कुरा यकिन भएको छैन ।

 

इटहरी उपमहानगरपालिका(६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ तल्लामा रहेको होटलको बरन्डाबाट बिहान साढे ९ बजेबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले बताएको छ । यो समाचार तयारपार्दा सम्म आगो नियन्त्रणमा आएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्