कुलमान अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठक अबरोध गर्ने विपक्षी दलको निर्णय

काठमाडौ, १३ चैत। गणतन्त्रवाद तथा विपक्षी दलहरू संसद अबरोध गर्ने निणर्य गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने निर्या गरेको हो ।

सिंहदरबारमा बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिए ।

‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम सरकारले गर्‍यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ’, परियारले भने,‘सडकमा पनि यसको आवाज उठेको छ ।’ यसले आज संसदमा पक्ष र विक्षको नोकसोक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्