कुलमानलाई हटाएको विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने

काठमाडौं,१३ चैत । संसदमा रहेका प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेका छन् ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बिहान बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्