विपक्षी दलहरूको बैठक जारी
काठमाडौ, १३ चैत। संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।
यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, डा। स्वर्णिम वाग्ले र सन्तोष परियार सहभागी छन् ।
यस्तै नेपाल समाजवादी पार्टी ९नेसपा० अध्यक्ष महिन्द्रराय यादव लगायत सहभागी छन् । विपक्षी दलको बैठकले के निर्णय गर्छ त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्