राप्रपाको मूल आन्दोलन समिति बैठक जारी

काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको मूल आन्दोलन समितिको बैठक बसेको छ।

राजसंस्था पुनर्स्थापनालगायत एजेन्डालाई लिएर राप्रपाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।

आन्दोलनका कार्यक्रम तय गर्न मंगलबार दिउँसो मूल आन्दोलन समिति बैठक बसेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ।

राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल आन्दोलन समिति छ। यो समितिमा पार्टीका पदाधिकारीहरू पनि सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्