सरकारले कुलमानलाई बर्खास्त गरेपछि काँग्रेसकै प्रमुख नेताहरुले गरे विरोध

काठमाडौं,१२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरे छ । घिसिङलाई बर्खास्त गरेपछि सत्तारुढ दल नेपाली काँग्रेसकै प्रमुख नेताहरु शेखर, गगन र विश्वप्रकाशबाटै यसको विरोध भइरहेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउँदै प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नासाथ काँग्रेस नेताहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् ।

सरकारले कुलमानलाई हटाएपछि आज बिहान काँग्रेसका नेता शेखर कोइरालाले कुलमान हटाएकामा आपत्ति जनाएका छन् । उनले यसलाई सरकारको कुशासनको अर्काे कडी भएको टिप्पणी गरेका छन् ।

सरकारले कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले, उनले लेखेका छन्, ‘नेपाली काँग्रेसले त यसको स्वामित्व लिनै हुन्न । उनले भनेका छन्, यसरी कति दिन चल्ने र चलाउने एउटा कुशल व्यवस्थापक जसको प्रयासबाट १८ घण्टा लामो लोडसेडिगको अन्त्य गराउन सफल भए उनलाई हटाउनलाई किन हतारो सरकारले गर्ने अरु काम छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्