ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट
काठमाडौं,१२ चैत । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको साधारण शेयरको बाँडफाँट आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादीस्थित कार्यालयमा बिहान औपचारिक रूपमा शेयर बाँडफाँट गरिएको हो ।
यस कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए । तीमध्ये २ लाख ८ हजार २७८ वटा आवेदन विभिन्न कारणले रद्द भएका छन्। भने बाँकी १८ लाख ४८ हजार २९८ योग्य आवेदकहरूलाई गोलाप्रथामा सहभागी गराइएको थियो । अत्यधिक आवेदन परेपछि बाँडफाँट प्रक्रिया गोलाप्रथामार्फत सम्पन्न गरिएको हो ।
फागुन २७ गतेदेखि चैत ३ गतेसम्म सर्वसाधारणका लागि कम्पनीले १४ लाख ७६ हजार कित्ता साधारण शेयर आईपीओ निष्काशन गरेको थियो । ओम मेगाश्रीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित शेयर निष्काशन गरेको थियो भने यो दोस्रो चरणमा सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।
आईपीओको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरो शेयर पोर्टलबाट हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्