प्राधिकरणका कार्यकारी घिसिङलाई बर्खास्त गर्ने निर्णयमा कांग्रेस महामन्त्रीद्वयको आपत्ति
काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सो निर्णप्रति काँग्रेस महामन्त्रीद्वयले आपत्ति जनाउँदै सत्तारुढ दल कांग्रेसका महामन्त्रीद्वयले सरकारको निर्णय ठिक नभएको बताएका छन् । महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भए पनि यस्तो नभएको भन्दै दुःख व्यक्त गरेका छन् ।
‘हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो।। तर विडम्बना त्यो भएन,’ महामन्त्री थापाले भनेका छन्, ‘निर्णय गलत छ, सरकार १ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’
अर्का महामन्त्री शर्माले पनि उक्त निर्णयप्रति आपत्ति जनाउँदै विमति व्यक्त गरेका छन् ।
‘कारबाही योग्य भए पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्नेगरी सरकारकाले कुलमान हटाउन हुन्न थियो,’ उनले भनेका छन्, ‘सरकारले यो निर्णय निर्णय समयोचित विल्कुलै थिएन । यसप्रति खुला र प्रष्ट रुपमा विमति छ ।’
महामन्त्री शर्माले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक र सार्वजनिक रुपमै सरकारलाई सजग गराइएको पनि बताएका छन् ।
महामन्त्री थापाले पनि आम नागरिकमा असन्तुष्टि बढिरहेको बेलामा आफूहरू रातदिन नभरी मिहेनत गर्दा पनि सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको बताएका छन् ।
‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ,’ थापाले भनेका छन्, ‘यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने रु’ ।
यसले गर्दा सरकारले विचौलिय हावी भएको भन्ने संकेत छ ।















प्रतिक्रिया दिनुहोस्