राष्ट्रपति भेट्न शीतल निवास पुगे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं,११ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्।

हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं पुगेलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपति पौडेल दाहालबीच देशमा भएका पछिल्ला घटनाक्रम र समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्