हिमालयन लघुवित्तको ग्लोवल मनी विक २०२५ कार्यक्रम सम्पन्न
काठमाडौं,११ चैत । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत ४ देखि १० गतेसम्म ग्लोवल मनी विक २०२५ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृतिको विकास गर्ने उद्धेश्यका साथ ग्लोवल मनी विक २०२५ को ‘Think Before you follow, Wise Money tomorrow’ नारालाई आत्मसात् गर्दै केन्द्रीय कार्यालय लगायत ३२ जिल्लाका ७५ वटै शाखा कार्यालयहरुबाट संस्थामा आवद्ध सदस्य तथा विशेष गरी विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
लघुवितले कार्यक्रममा प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत विद्यार्थीहरुमा आधारित उक्त कार्यक्रमबाट १२२० जना छात्रछात्रा सहित करिब १२ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्