लकाइ खड्का समाज केन्द्रीय कार्यसमितिको २३ ओैं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, ११ चैत ।  लकाइ खड्का समाज केन्द्रीय कार्यसमितिको २३ ओैं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनकाे राष्ट्रिय समावेशी आयोगका माननीय श्री मान प्रसाद खत्रीको प्रमुख आतिथ्यमा दियो बालेर उद्घाटन गरिएको थियो। उक्त कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै संविधान लेखनमा खष आर्यको हक अधिकारको पक्षमा भुमिका निर्वाह गरेको र अहिले आयुक्त भएपछि पनि थप देशव्यापी रूपमा अनुसन्धान गर्न जिल्ला जिल्लामा पुगेर समस्या लिपि बद्द गर्ने कार्यमा सक्रिय रहेको र समस्या पहिचान गरेर सरकार समक्ष पुर्‍याउने प्रतिवद्दता जनाउनु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष गाेबरधन खड्काको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रमले संस्थाकाे विभिन्न प्रतिवेदनहरू पारित गर्दै नयाँ कार्यसमिति समेत निर्विरोध केन्द्रीय अध्यक्षमा खिल बहादुर खड्का लाई चयन गरेको छ ।

त्यस्तै, समाजको उपाध्यक्षद्वयमा लिखु गाउँपालीका-४ यसम ओखलढुंगाका पूर्ण लकाइ खड्का “गाेकुल” र काठमाडौंका राजु लकाइ खड्का चयन भएका छन् भने महासचिवमा भक्तपुरका वासुदेव लकाइ खड्का चयन भएका छन् । सचिव पछि लगायतका बाकी केही पदहरू पछि चयन गरिने जनाइएको छ। कार्यसमिति निर्वाचित भएपछि क्षेत्रीहरूको हकहितमा कार्यक्रम घोषण गरिएको छ।

नयाँ कार्यसमिति चयन भएसँगै २०७१ प्रकाशित वंशावलीको थप देशव्यापी अभियान सञ्चालन गरि पुन:थप परिवारको विवरण समावेश गरेर प्रकाशित गर्ने। संस्थाको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउने। जेहेन्दार बालबालिका र विपन्न सदस्य लाई पठनपाठनमा सहयोग गर्ने पुरस्कृत गर्ने। विपन्न सदस्यहरूलाई स्वास्थ्य उपचारमा संस्थाको तर्फबाट सहयोग भुमिका खेल्ने लगायतका दस बुदे घोषणापत्र पारित गरेकोे छ।संघीय संरचना अनुसारको विधान लेखन कार्यको लागि निवर्तमान अध्यक्ष तथा संरक्षक गाेबरधन लकाइ खड्काको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन कमिटी बनाउदै लकाइ खड्काको कार्यक्रम समापन भएको आनन्द लकाइ खड्का”अलौकीक” ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्