‘५ वर्षभित्र देशै झलमल्ल’ गराउन सरकार प्रतिबद्ध

काठमाण्डौं । सरकारले आउँदो ५ वर्षभित्र उत्पादनका सबै क्षेत्रमा चौबीसै घण्टा विद्युत उपलब्ध गराउने भएको छ ।

संसदको दुवै सदनमा राष्टपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख छ ।

७६५ केभीएको राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख छ । यस्तै अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि सँगसँगै अगाडि बढाइने जनाइएको छ ।

सरकारले जलविद्युततका साथसाथै सौर्य उर्जा, वायु उर्जा, भूतापीय उर्जाको निर्माण कार्यलाई पनि अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्