बाँकेमा ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु
काठमाडौं, १० चैत । बाँके जिल्लाको डडुवा गाउँपालिकामा ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ ।
डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालयका डीएसपी यमबहादुर मल्लले बताए ।
बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । सोहिक्रमा आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको मल्लले बताए ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सो सम्बन्धमा अनुसन्धान गरि रहेकोे उनले बताए ।
प्रतिक्रिया दिनुहोस्