एमसीसी अन्तर्गतका कार्य अगाडि बढाउन अनुमति प्रदान
काठमाडौं, १० चैत । अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ। संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको हो । यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन् ।
अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने कामहरू भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गर्ने काम भइरहेको एमसीए–नेपालको भनाइ छ । यसले गर्दा अब नेपालमा एमसीसी परियोजना अन्गर्तका कार्यले निरन्तर्ता पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्