महायज्ञको नाममा घर भत्काइएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित
काठमाडौं, ९ चैत । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मरिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् ।
घर भत्काएको घटना सार्वजनिक भएपछि असुरक्षा बढ्न थालेपछि दीपककी श्रीमती अनिता मरिक सिरहा नपा १९ सन्हैठामा आफन्तकोमा बस्न गएका छन्। दीपक आफै भने गाउँकै एक जनाको घरमा बसोबास गरेको स्थानीयले जानकार दिए ।
उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए । प्रहरीले सुरक्षाका कारण दीपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।
घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ । मरिक परीवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ ।
औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मरिकको गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर घर भत्काएको थियो। यो घटनाले देश नै हलचल र्भको छ । यस्तो जातिय विभेदका घटनाले अझै पनि हाम्रो समाज विभिक्त छ । यसले एक विभेदकारी समस्याले ग्रस्त छ भन्ने सन्देश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्