ओलीको आर्शिवादपछि चौतारीको अध्यक्षमा उम्मेदवारी दिदै पाण्डे

काठमाडौं, ८ चैत । नेकपा एमाले प्रचार विभाग सचिव तथा पूर्व प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डले पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको आर्शिवादपछि प्रेस चौतारीको अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।

पाण्डे गत फागुन १८ गते बसेको एमालेको ४५ औं केन्द्रीय सचिवालय बैठकले प्रेस चौतारीका उपाध्यक्ष रहेका पाण्डेलाई विभागको सचिवमा मनोनयन गरेको थियो ।

पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ समेत लिइसकेका थिए । तर एकाएक प्रचार विभागको सचिवबाट राजिनामा गर्दै उहाँ अध्यक्ष पदका लागि उम्मेदवारी दिन देशव्यापी रुपमा होमिएका छन् ।

उनले राजीनाम दिदै भने – ‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

शुक्रबार नै प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन् । राई हाल संगठनका उपाध्यक्ष रहेका छन् ।

राई र पाण्डे अघिल्लो राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी रहेका थिए । यसले गर्दा प्रेश चौतारीसँगै केन्द्रीय पार्टीमा समेत हंगामा भएको छ ।

चौतारीको दशौं राष्ट्रिय सम्मेलन १० चैतबाट विराटनगरमा सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्