सुन र चाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, ८ चैत । शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । गत बुधबार प्रतितोला एक लाख ७६ हजार पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य, हिजो अथार्त बिहीबार सोही मूल्यमा कारोबार भएको थियो । हालसम्मकै उच्च मूल्यमा दुइ दिन कारोबार भएको सुनको मूल्य यस दिन भने घटेको हो ।
यस दिन नेपाली बजारमा सुनको मूल्य को मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।















प्रतिक्रिया दिनुहोस्