प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै
काठमाडौं, ७ चैत । संघीय संसदको प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ।
बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचि तय भएको संघीय संसद सचिवालयले जनाएको छ।
प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ। सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन्।
प्रश्नोत्तर अरू कार्यसूची पनि तय गरिएका छन्।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो विधेयकमाथि दर्ता भएको संशोधनहरूलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसपछि अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तो छ आजको कार्यसूचि:
प्रतिक्रिया दिनुहोस्