संविधानमा भएको व्यवस्थाका कारण बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ: देउवा
काठमाडौं,६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
सभापति देउवाले सो कुरा पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा संविधानमा रहेको जटिल व्यवस्थाका कारण कुनै एक दलले मात्रै बहुमत ल्याउन नसक्ने बताएका हुन् ।
संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनको बुझाई छ ।
संविधानमा भएको त्यहि व्यवस्थाले एउटा पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले सानो वा ठूलो पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । उनले भने, ‘हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन भने सकेको छैन ।’
देउवाले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण बताए । तै पनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्