क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट
काठमाडौं,५ चैत । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए । जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन स्वीकृत भएको छ ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । यस कम्पनीमा कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। ।
प्रतिक्रिया दिनुहोस्