कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै
काठमाडौं, ५ चैत। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । ‘राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकाबारे छलफल हुने भनिएको छ,’ स्रोतले भन्यो ।
बैठकमा सरकारका कामकारबाहीका विषयमा पनि छलफल हुने बताइएको छ । अहिले नेपालको राजनीति राजावादी र गणतन्त्रवादी दुई ध्रुविकरणमा विभाजन भएको छ ।















प्रतिक्रिया दिनुहोस्